लिबियामा बाढीले बगाएका ५३ सय शब भेटिए  « Khabarhub

लिबियामा बाढीले बगाएका ५३ सय शब भेटिए 


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

डेर्ना– लिबियामा बाढी पछिको अवस्था निकै भयावह बन्दै गएको छ । गत सोमबार आएको बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ भने बाँध भत्किँदा सहरको करिब एक चौथाइ भूभाग डुबानमा परेको छ ।

बुधवारसम्म उद्धारकर्मीहरूले डेर्ना सहरमा ५३ सय भन्दा बढी शवहरू गणना गरेका थिए जबकि क्षेत्रीय प्रशासनका एक मन्त्रीले मृतकको संख्या दोब्बर हुने सम्भावना रहेको बताए।

बाढीका कारण सो सहरका ३० हजार मानिस विस्थापित भएका छन् । पूर्वी लिबिया चलाउने प्रशासनमा नागरिक उड्डयन मन्त्री हिचेम अबु चाकियोतले रोयटर्सलाई भने कि समुद्रले लगातार दर्जनौँ शवहरू तटमा फ्याँकिरहेको छ।

यस्तै, लिबियामा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले बुधबार एक ट्वीटमा डेनियल आँधीबाट सबैभन्दा प्रभावित शहर डेर्नामा कम्तिमा ३० हजार मानिस विस्थापित भएको जनाएको छ। डेर्ना बाहेक बेनगाजी लगायत अन्य आँधी प्रभावित क्षेत्रहरूमा ६ हजार ८५ मानिसहरू विस्थापित भएको रिपोर्टमा जनाइएको छ । आईओएमले प्रभावित क्षेत्रमा औषधि, खोज तथा उद्धार उपकरणसहित कर्मचारी पठाएको छ ।

पूर्वी लिबियाका स्वास्थ्य मन्त्री ओथमान अब्दुलजलिलले शवहरूलाई डेर्नामा सामूहिक चिहानमा गाडिएको बताए। 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ८ : ०५ बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण