आजको फलफूल तथा तरकारीको मूल्यसूची | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो ६०, लोकल गोलभेडा सानो ५५, घिउ सिमी लोकल ४०, काउली स्थानीय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका २०, हरियो फर्सी ५०, घिरौँला २५ रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ६०, गाँजर १३०, मूला सेतो ८०, हाइब्रीड मूला ११०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती १८०, भिण्डी ३०, रातो बन्दा प्रतिकेजी २००, लोकल काँक्रो १२०, अदुवा प्रतिकेजी १५० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जनको १४०, अनार ३२०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ४००, छडी माछा ३००, बचुवा माछा ३५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनियाँ ८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ६५, लसुन हरियो ३००, छ्यापी सुकेको २००, भेडे  खुर्सानी ८०, सरिफा २००, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १३०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ६०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ९ : ४६ बजे

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने

ताप्लेजुङको ढङ्ढङ्गे झरना ओझेलमा

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझै