नेम्वाङको निधनले शोकमा गृहजिल्ला इलाम  | Khabarhub Khabarhub

नेम्वाङको निधनले शोकमा गृहजिल्ला इलाम 


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट गृहजिल्ला इलाम शोकमा डुबेको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधिसभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित भएका थिए । इलामका मतदाताले नेम्वाङलाई संविधान निर्माण र इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा स्मरण गरेका छन् ।

विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको अध्यक्ष भएका उनी २०५६ सालको निर्वाचनपछि कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भएका थिए । कानुन व्यवसायी र प्राध्यापक समेत रहेका उनी २०२९ सालमा अनेरास्ववियुका अध्यक्षसमेत भए।

विसं २०३३ मा राजद्रोहीको मुद्दामा जेल परेका उनी २०६४ र २०७० मा संविधानसभा अध्यक्ष बने। विसं २००९ मा इलामको सुन्तलाबारमा जन्मिएका उनले राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकतामा जोड दिन्थे ।

एमाले इलामका सचिव उमेश गुरुङले उनको मृत्युले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताए। उनकै अध्यक्षतामा नेपालमा संविधान जारी भएको भन्दै नेपाली जनताले नेम्वाङलाई सँधै स्मरण गरिरहने उनको भनाइ छ । 

नेपाली कांग्रेस इलामका पूर्वजिल्ला सचिव राजेन्द्र शर्माले नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोरेको भनाइ व्यक्त गरे । नेकपा (माओवादी केन्द्र) इलामका कार्यालय सचिव तथा प्रदेश परिषद् सदस्य प्रकाश परियारले नेम्वाङको निधनबाट देश र जनताले एक इमानदार नेता गुमाएको बताएका छन् । 

किरात याक्थुम चुम्लुङका संस्थापकसमेत रहेका नेम्वाङले संविधान निर्माणमा महत्वपूर्ण योगदान रहेको भन्दै किरात याक्थुम चुम्लुङका संघीय सचिव अभिषेक एक्तेनले नेपाली जनतालाई उनलाई सदैव स्मरण गर्ने बताए । 

नेम्वाङको निधनको शोकमा एमालेले पार्टीको झण्डा आधा झुकाएको छ । पार्टीले तीजलगायतका कार्यक्रम रद्द गरेको एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ३ : ०८ बजे

रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ

अधियाँ खेतीमै निर्भर भूमिहीन परिवार

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ नौखरीका कान्छा चौधरी बिहान सबेरै

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने जनैपूर्णिमालगायत विभिन्न पर्वले

पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको मौलिक

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

पर्वत– बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा