गण्डकीका मुख्यमन्त्री र युएनडीपी प्रमुख आवासीय प्रतिनिधिबीच भेटवार्ता « Khabarhub

गण्डकीका मुख्यमन्त्री र युएनडीपी प्रमुख आवासीय प्रतिनिधिबीच भेटवार्ता


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीका नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागंगोडा लाबेबीच मुस्ताङको कागबेनी पुनः निर्माण र पुनर्स्थापनाका विषयमा पोखरामा छलफल भएको छ ।

गत साउन २८ गते कागवेनी क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको र सो क्षति तथा सहयोगका विषयमा दुई पक्षीय छलफल भएको बताइएको छ । छलफलका क्रममा मुख्यमन्त्री पाण्डेले स्थानीयले भोग्नुपरेको सास्ती, सामुदायिक सरकारी संरचनाहरूको क्षतिका बारेमा बताउँदै सहयोगका लागि युएनडिपीको ध्यानाकर्षण गराएका थिए ।

प्रदेश सरकारको सीमित स्रोत र साधनका भए पुन निर्माणका सबै काम तत्काल पूरा गर्न सहज नभएकाले दातृ निकायले सरकारको योजनाअनुसार सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।

युएनडिपीका नेपाल प्रमुख लाबेले गण्डकी प्रदेश भित्र सञ्चालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने बताए ।

भेटका अवसरमा फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तन कालीगण्डकी कोरिडोरमा जीवनयापन तथा आय आर्जन सम्बन्धी कार्यक्रमका बारेमा छलफल भएको थियो ।

 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ६ : ३७ बजे

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

सेती पुलको निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र