गण्डकीका मुख्यमन्त्री र युएनडीपी प्रमुख आवासीय प्रतिनिधिबीच भेटवार्ता « Khabarhub

गण्डकीका मुख्यमन्त्री र युएनडीपी प्रमुख आवासीय प्रतिनिधिबीच भेटवार्ता


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीका नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागंगोडा लाबेबीच मुस्ताङको कागबेनी पुनः निर्माण र पुनर्स्थापनाका विषयमा पोखरामा छलफल भएको छ ।

गत साउन २८ गते कागवेनी क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको र सो क्षति तथा सहयोगका विषयमा दुई पक्षीय छलफल भएको बताइएको छ । छलफलका क्रममा मुख्यमन्त्री पाण्डेले स्थानीयले भोग्नुपरेको सास्ती, सामुदायिक सरकारी संरचनाहरूको क्षतिका बारेमा बताउँदै सहयोगका लागि युएनडिपीको ध्यानाकर्षण गराएका थिए ।

प्रदेश सरकारको सीमित स्रोत र साधनका भए पुन निर्माणका सबै काम तत्काल पूरा गर्न सहज नभएकाले दातृ निकायले सरकारको योजनाअनुसार सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।

युएनडिपीका नेपाल प्रमुख लाबेले गण्डकी प्रदेश भित्र सञ्चालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने बताए ।

भेटका अवसरमा फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तन कालीगण्डकी कोरिडोरमा जीवनयापन तथा आय आर्जन सम्बन्धी कार्यक्रमका बारेमा छलफल भएको थियो ।

 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ६ : ३७ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली