७० हजार रुपैयाँ बोकेको झोला महाकालीले बगाएपछि... | Khabarhub Khabarhub

७० हजार रुपैयाँ बोकेको झोला महाकालीले बगाएपछि…


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा एक महिलाले ७० हजार रुपैयाँ बोकेको झोला महाकाली नदीमा खसेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीबार महाकालीमा खसेको हो ।

झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको प्रहरीको भनाइ छ । केही दिनअघि मात्रै भारतमा रहेका श्रीमान‍ले पठाएका रकम बोकेर बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन् । गाउँमा किराना पसल सञ्चालन गर्दै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेको बताएकी छन् ।

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले बताए । सशस्त्र प्रहरी बलको उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला पाउन सकेको छैन ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : ५४ बजे

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

म्याग्दी– आर्थिक वर्ष २०८२-८३ मा म्याग्दीका किसानहरूका लागि अनुदान वितरण

प्रभु बैंकले पायो नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंकको अवार्ड

काठमाडौं– प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाएको छ । 

विद्यार्थीमैत्री विधेयक बनाउन एमालेलाई ध्यानाकर्षण

काठमाडौं– विद्यालय शिक्षा विधेयकलाई विद्यार्थीमैत्री बनाएर मात्रै अगाडी बढाउनुपर्ने माग

बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै 

काठमाडौं– बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रिएको छ । पैसा अत्याधिक

चौताराका किसान किबीखेतीमा आकर्षित

चौतारा– अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान