महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता « Khabarhub

महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलास्थित महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन्। जिल्ला सदरमुकाम खलंगास्थित नेपाल(भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहका अनुसार महाकाली नगरपालिका- १ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा बेपत्ता भएका हुन्। बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ। सुरक्षा स्रोतकाअनुसार खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो। एसएसबीले फर्काएपछि भुलले महाकालीमा हाम फालेका थिए।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ८ : १९ बजे

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६