परिस्थितिअनुसार प्रस्तुत हुन सक्नेले कहिल्यै दुःख पाउँदैन | Khabarhub Khabarhub

परिस्थितिअनुसार प्रस्तुत हुन सक्नेले कहिल्यै दुःख पाउँदैन


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

कुनै एक जङ्गलमा एउटा सिंह थियो । केही दिनदेखि ऊ आफ्नो गुफाबाट निस्केको थिएन । उ बिरामी भएको थियो । करिब १०–१२ दिनपछि उ गुफाबाट बाहिर निस्कियो । उसलाई मानिसलाई जस्तै रुघाखोकीले सताएको रहेछ । रुघाखोकीका कारण उसले कुनै पनि वस्तुको वास्ना र स्वाद थाहा पाउन सकेको थिएन ।

एक दिन उ गुफाबाट निस्किँदा गुफाकै छेउमा एउटा खरायो देख्यो । उसले खरायोलाई आफू नजिक बोलाएर सोध्यो– ए खरायो मलाई रुघाखोकी लागेर सन्चो नभएको १०–१२ दिन भयो ! खानाको वास्ना, स्वाद केही पनि थाहा पाउँदिन, मेरो मुख पनि गनाएको जस्तो लागिरहेको छ । एकपटक सुँघि हेर् त के कसो रै’छ ?

सिंहले खरायोको नाकैमा पर्ने गरी लामो सास फाल्यो । खरायोले भन्यो– ‘सरकार हजुरले भने जस्तै हजुरको मुख त साह्रै गनाएको रै’छ ।’ खरायोले यति भन्नासाथ सिंहले खरायोलाई एक झापड हानेर भन्यो– जङ्गलको राजाको मुख गनायो भन्ने तँ !

त्यसपछि सिंहले अलि परतिर रहेको ब्वाँसोलाई सोही प्रश्न दोहोर्‍यायो । ब्वाँसोले खरायोले दिएको जवाफ सुनिरहेको थियो । मुख गनाएको छ भन्यो भने आफ्नो हालत पनि खरायोको जस्तै हुने ठानेर ब्वाँसोले भन्यो– ‘छैन सरकार, हजुरको मुख त वास्ना पो आइरहेको छ । कहाँ गनाउनु !’

सिंहले ब्वाँसोलाई पनि खरायोलाई झैँ झापड हान्दै भन्यो– झुट बोल्छस् । गनाएको मुखलाई वास्ना आइरहेको छ भनेर !

यो सबै गतिविधि अलि पर रहेको स्यालले नियाली रहेको थियो । उसलाई लाग्यो अब आफ्नो हालत पनि खरायो र ब्वाँसोको झैँ हुने भयो !

नभन्दै सिंहले स्यालतिर अगाडि बढेर सोही प्रश्न सोध्यो– खरायो र ब्वाँसोको हालत देखिरहेको स्यालले जुक्ति निकाल्दै भन्यो– ‘सरकार हजुरलाई जस्तै मलाई पनि रुघाखोकी लागेको एक साता भइसक्यो, त्यसैले मैले पनि कुनै किसिमको वास्ना र स्वाद थाहा पाउन छाडेको छैन । त्यसैले हजुरको मुख गनाएको छ वा वास्ना आएको छ केही ठम्याउन सकिनँ ।’

त्यसपछि सिंह स्याललाई केही नभनी आफ्नो गुफातिर लाग्यो । छट्टु स्याल आफ्नो जुक्ति, बुद्धिका कारण सिंहको झापड खानबाट बच्यो । त्यसैले जसले परिस्थितिअनुसार आफूलाई प्रस्तुत गर्न सक्छ त्यसले कहिल्यै दुःख र कष्ट झेल्नु पर्दैन ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : ३२ बजे

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर २४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १०,

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन

काठमाडौं- दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी