मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाइँ घाइते « Khabarhub

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाइँ घाइते


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। रुम्झाटारबाट सोलुखुम्बुको लोबुचेका लागि उडेको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर बिहान ७ बजेर १३ मिनेटमा दुर्घटना भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेढाइँ घाइते भएका छन्। उनलाई फिस्टेल एयर नाइनएन एजेआर कलसाइनको हेलिकप्टरले काठमाडौँ ल्याएको छ ।

उनलाई उपचारका लागि काठमाडौँस्थित ह्मास अस्पतालमा लगिएको र स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी भुलले जानकारी दिए।

हेलिकोप्टरमा पाइलट सेढाई मात्रै सवार रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिए।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ०१ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद