ताप्लेजुङकाे लालीखर्कमा  किवी खेती फस्टाउँदै « Khabarhub

ताप्लेजुङकाे लालीखर्कमा  किवी खेती फस्टाउँदै


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थ्यो । तर अहिले किवीको बोट झाँङ्गिएर लालीखर्क भरिभराउ भएको छ ।

सदरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार विमानस्थल हुँदै लालीखर्क भएर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गयो । असोज, कात्तिक र मङ्सिरमा पर्यटकले खचाखच हुने लालीखर्क विस्तारै सुनसान बन्दै गयो । पर्यटकको राम्रो चहलपहल भएको समयमा यस क्षेत्रमा घर घडेरीसमेत किनबेच भएको थियो । धेरैले लालीखर्कमा घडेरी किनेर होटल सञ्चालन गरेका थिए ।

लालीखर्कको बिच भाग भएर अहिले सडक सिरिजङ्गा गाउँपालिकाको मामांखे पुगेको छ । यस पदमार्ग हुँदै जाने पर्यटक गाडीमा हुत्तिएर मामांखे पुग्न थालेका छन् । लालीखर्कका होटल व्यवसायी भने धुलो खाँदै बस्नुपर्ने समय आएपछि बसाइसराइ गर्न थालेका छन् ।

लालीखर्क क्षेत्रमा बसाइँसराइले घर खाली भएका छन् । विगतमा यहाँ १३  होटल सञ्चालनमा थिए । अहिले तीन परिवार मात्र बसोबास गर्दै आएका स्थानीय धनबहादुर विष्टले बताए । उनले भने, ‘लालीखर्क पहिला जस्तो छैन । सुनसान छ । मेरो परिवारका पनि सबैले घर छोडेर गइसकेका छन् । गाईबस्तुका कारण म यतै छु । किन्ने कोही आए बिक्री गरेर जाने सोच छ ।’

लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भए । छरछिमेक घर छोडेर बसाई सरेर गए । पर्यकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्नथाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाइ सरेर गएका  छन् । घर भने त्यतिकै छ । घरमा होटलको साइनबोर्डसमेत देख्न सकिन्छ ।

स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खोजी गर्न थाले । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो । लिम्बूले किवी खेती विस्तार गर्न थाले । लालीखर्कका फाँटमा किवीको बोट झाँगिन थाल्यो । लिम्बूले सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गरेका छन् ।

लिम्बूले लगाएको किवी बगानबाट पहिलो पटक फल्न थालेको हो । अहिले प्रत्येक बोटमा दुईदेखि चार किलोसम्मको फल रहेको लिम्बूले बताए । अर्को वर्ष भने राम्रो उत्पादन हुने सङ्केत देखिएको लिम्बूले बताए ।

किवी विस्तार गरेसँगै लिम्बू आफ्नो नाममा लालीखर्क कृषि फार्म दर्ता गरेका छन् । फार्मको उद्देश्य राम्रो भएकाले कृषि ज्ञान केन्द्र ताप्लेजुङले  पाँच लाख अनुदान दिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गरेको लिम्बूले बताए ।

ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसान किवीको राम्रो बजार देखेपछि यसप्रति आकर्षित भएका छन् ।

ताप्लेजुङमा अहिले धेरै किसानले व्यावसायिकरूपमा किवी खेती गर्न थालेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा  माग निरन्तर बढ्दै गएको छ । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ५१ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन