श्रमदान जुटाएर पदमार्ग निर्माण सुरु « Khabarhub

श्रमदान जुटाएर पदमार्ग निर्माण सुरु


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो । 

नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानमार्फत उक्त पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीय श्रमदानमा जुटेका छन् भने प्रवासीले आर्थिक सहयोग गर्न थालेका छन् । 

निर्माण सुरु भएको १० दिन भएको भन्दै श्रमदान र आर्थिक सहयोग गर्नेको सङ्ख्या बढ्दै गएको नेकपा माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताए। ‘हामीले जीर्ण पदमार्गलाई पुनःनिर्माण गर्न अग्रसरता लिएका हौँ । श्रमदानमा सबै जोडिएका छन् । अहिले यो सबैको साझा अभियान बनेको छ’, उनले भने, ‘देश विदेशमा रहनुभएकाहरुले पनि सहयोग गरिरहनुभएको छ ।’ 

भिरालो पाखो, पहिरो र वनको झाडी रहेकाले पदमार्गलाई दिगो बनाउन ढलान गरिएको कटुवालले बताए। उनका अनुसार माओवादी केन्द्रका नेता कार्यकर्ताका साथै स्थानीयवासी श्रमदानमा जुटेका छन् । 

ढलानका लागि आवश्यक पर्ने, सिमेन्ट, बालुवा, गिटी र रडको व्यवस्थाका लागि स्वदेशका साथै विदेशमा रहेको भगवतीवासीले खार्थिक सहयोग गरिरहेका कटुवालले जानकारी दिए । 

यस पदमार्गको कुनौटादेखि च्युरीबास खण्ड अत्यन्तै जोखिमयुक्त थियो । कुनौटास्थित कालीगण्डकी नदी किनारमा रहेको घाटमा जानका लागि स्थानीय यही पदमार्गमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । 

गाउँमा दिवङ्गत भएकाको अन्तिम संस्कारका लागि घाट जाने मुख्य बाटो जोखिमपूर्ण बनेपछि श्रमदानमार्फत पदमार्ग बनाउन थालिएको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताए। उनका अनुसार यस अभियानमा जोडिनेको सङ्ख्या बढ्दै गएको छ । 

‘बेनी–जोमसोम सडकखण्ड पुग्न तथा जङ्गलबाट घाँसदाउरा ल्याउनका लागि यही पदमार्गको प्रयोग गरिन्छ’, केसीले भने, ‘विभिन्न सहयोगदाताले आफ्नो आफन्तको स्मृतिमा यो पदमार्ग बनाउने अभियानमा सहयोग गरिरहनुभएको छ । ‘

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १२ : ४४ बजे

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

चितवन– चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन

मोन्ट्रा इलेक्ट्रिकद्वारा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं– भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा

‘कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ‘

काठमाडौं – नेपाली कांग्रेस फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

काठमाडौं–  हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा