दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड सोमबार धनगढी जाने, मुख्यमन्त्री कार्कीलाई गठबन्धनले समर्थन गर्छ : प्रधानमन्त्री, मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण : मुख्यमन्त्री कार्की, कोशी कांग्रेस संसदीय दलका नेता थापाद्वारा राजीनामा, समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्ने ओलीको अठोट, शिक्षामा लगानी बढाउने मन्त्री राईको प्रतिबद्धता, मनाङ एयर निलम्बनमालगायतका समाचारले प्रमुख स्थान पाए । 

कोशी कांग्रेस संसदीय दलका नेता थापाद्वारा राजीनामा
नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।

काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि पदबाट राजीनामा दिँदै थापाले आफूले नैतिकताका आधारमा पदबाट राजीनामा राजीनामा दिएको बताए ।

समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्ने ओलीको अठोट
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड सोमबार धनगढी जाने
समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी जाने भएका छन्। प्रचण्ड असोज २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका धनगढी जाने भएका हुन्।

सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छु : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफू सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा उनले कोसी प्रदेशमा सरकार गठनको विषयलाई लिएर सत्ता गठबन्धनलाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताएका छन् ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तिपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशसभा सदस्यहरूको सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताए।

विकास-निर्माणका काममा राजनीति गर्नु हुँदैन : अध्यक्ष तिमिल्सिना

खबराष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताएका छन् ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जलीसभामा तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने बताए ।

कोसी प्रदेशमा ‘महागठबन्धनले सार्थकता पायो : रवि
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कोसी प्रदेशमा एमालेको सहयोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबन्धनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्री कार्कीलाई गठबन्धनले समर्थन गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले समर्थन गर्ने बताएका छन् ।

शनिबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको भन्दै विश्वासको मत दिने बताएका हुन् ।

राजादेखि विप्लवसम्म अटाउने व्यवस्था आवाश्यक : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजादेखि विप्लव माओवादीसम्म सबै अटाउने राज्य व्यवस्था नल्याए मुलुक थप सङ्कटमा फस्ने चेतावनी दिएका छन् ।

गठबन्धनप्रति सधैँ इमानदार रहनेछु : इन्द्र आङ्बो
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले वर्तमान सत्ता गठबन्धनप्रति आफू र आफ्नो दल प्रतिबद्ध रहने बताएका छन्।

कोशीका मुख्यमन्त्री बन्न असफल आङ्बोले एक वक्तव्य जारी गरी आफू गठबन्धन र सत्ता सहकार्यमा इमानदार रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गणतान्त्रिक शासन व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको दोहोर्‍याएकी छन् ।

‘अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्न चुनौति’
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चूनौति बनेको बताएका छन् ।

शिक्षामा लगानी बढाउने मन्त्री राईको प्रतिबद्धता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

स्थानीय शिवपुरी माध्यामिक विद्यालयको हीरक जयन्तीका अवसरमा आज आयोजित समारोहमा मन्त्री राईले उपलब्ध साधन र स्रोतको सीमाले भ्याएसम्म राज्यका तर्फबाट शिक्षामा लगानी गरिएको बताए ।

मनाङ एयर निलम्बनमा
पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ०२ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको