सभामुखद्वारा नेपाल संवतको शुभकामना « Khabarhub

सभामुखद्वारा नेपाल संवतको शुभकामना


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवत्ले नेपालीहरूबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत् ११४४ को अवसरमा आज शुभकामना दिँदै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । ‘नेपाल संवत् कुनै जाति विशेषको मात्र नभएर सिङ्गो नेपाल र नेपालीको सम्पत्ति हो’, सभामुख घिमिरेको सन्देशमा उल्लेख छ । 

ऐतिहासिक मान्यता बोकेको नेपाल संवत्लाई सङ्कुचन होइन, फराकिलो पार्दै राज्य तथा जनस्तरबाट पनि ऐतिहासिक संवत्का रूपमा स्थापित गर्न जरुरी उल्लेख गर्दै सभामुख घिमिरेले हरेक मौलिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व रहेको उल्लेख गरे । 

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  १२ : ४१ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको