सभामुखद्वारा नेपाल संवतको शुभकामना « Khabarhub

सभामुखद्वारा नेपाल संवतको शुभकामना


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवत्ले नेपालीहरूबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत् ११४४ को अवसरमा आज शुभकामना दिँदै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । ‘नेपाल संवत् कुनै जाति विशेषको मात्र नभएर सिङ्गो नेपाल र नेपालीको सम्पत्ति हो’, सभामुख घिमिरेको सन्देशमा उल्लेख छ । 

ऐतिहासिक मान्यता बोकेको नेपाल संवत्लाई सङ्कुचन होइन, फराकिलो पार्दै राज्य तथा जनस्तरबाट पनि ऐतिहासिक संवत्का रूपमा स्थापित गर्न जरुरी उल्लेख गर्दै सभामुख घिमिरेले हरेक मौलिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व रहेको उल्लेख गरे । 

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  १२ : ४१ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा