चीनमा वैदेशिक लगानी आउने क्रम घट्दो, भित्रिनेभन्दा बाहिरिने लगानी धेरै | Khabarhub Khabarhub

चीनमा वैदेशिक लगानी आउने क्रम घट्दो, भित्रिनेभन्दा बाहिरिने लगानी धेरै


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा विदेशबाट भित्रिने वैदेशिक लगानीभन्दा बाहिरिने वैदेशिक लगानी धेरै भएको छ । पछिल्लो समय अमेरिकासँग सेमिकन्डक्टर प्रविधिका विषयमा तनाव बढिरहेका बेला चीनमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीभन्दा चीनबाट बाहिरिने प्रत्यक्ष वैदेशिक लगानी धेरै भएको पाइएको हो ।

निक्के एसियाले जनाएअनुसार यस वर्षको जुलाईदेखि सेप्टेम्बर महिनासम्मको तथ्यांकअनुसार चीनको प्रत्यक्ष वैदेशिक लगानीको सन्तुलन ऋणात्मक ११ अर्ब ८० करोड डलर पुगेको छ । सन् १९९८ यता चीनमा प्रत्यक्ष वैदेशिक लगानीको सन्तुलन ऋणात्मक भएको यो पहिलो पटक हो ।

चीनले साङ्घाईजस्ता ठूला महानगरमा लागू गरेको शून्य कोभिड नीतिका कारण सन् २०२२ को अप्रिल–जुन त्रैमासमा प्रत्यक्ष वैदेशिक लगानीमा तीव्र गिरावट देखिएको थियो । त्यसयता यसमा सुधार आउन सकेको छैन ।

यसै वर्षको सेप्टेम्बर महिनामा चीनमा जापानी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले गरेको सर्वेक्षणमा झण्डै आधा लगानीकर्ताहरुले सन् २०२३ मा आफूहरुले चीनमा लगानी गर्दै नगर्ने वा सन् २०२२ को अनुपातमा कम लगानी गर्ने जवाफ दिएका थिए ।

त्यस्तै, चीनमा अमेरिकी चेम्बर अफ कमर्सले गरेको सर्वेक्षणमा ६६ प्रतिशतले चीन र अमेरिकाबीचको सम्बन्ध खराब बन्दै अवस्थामा चीनमा व्यवसाय गर्न चुनौति थपिएको बताएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : ३८ बजे

एनपीएल : पहिलो खेलमा विराटनगर र पोखरा भिड्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा

बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो

काठमाडौं – बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा सिधै दोस्रो चरण प्रवेशको

रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै

बागलुङ- बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दै

जाजरकोट जिप दुर्घटना अपडेट : पाँच जनाको मृत्यु, दुई घाइते

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोट बोलेरो जिप दुर्घटना पाँच

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा समितिको बैठक बस्दैछ