माओवादी नेतृत्वको सरकार असफल भइसक्यो : शेखर कोइराला « Khabarhub

माओवादी नेतृत्वको सरकार असफल भइसक्यो : शेखर कोइराला


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तनको विकल्प नभएको बताएका हुन् ।

जनताको समस्या समाधान गर्न वर्तमान सरकार असफल भइसकेको उनको भनाई छ । ‘ अहिलेको सरकार जतिसक्दो परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन । यो सरकार असफल भइसक्यो ।’

कांग्रेस नेतृत्वको सरकारले मात्रै देशलाई विकासको बाटोमा अगाडी बढाउने उनको दाबी छ । उनले देशमा विद्यमान समस्या समाधान गर्न पनि कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताए ।

यस्तै उनले पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताए। उनले ढुङ्गामुढा गरेर समस्या समाधान नहुने भन्दै आफ्नो पार्टीले कोशी प्रदेशमा अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन खोजेपछि विद्रोह गरिएको दाबी गरे । केन्द्रीय सदस्य कोइरालाले सुशासन प्रवद्धनमा जोड दिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १० : ४५ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न