नेताहरुले बोलेको पुरा गर्न त्याग र आत्मबल चाहिन्छ | Khabarhub Khabarhub

नेताहरुले बोलेको पुरा गर्न त्याग र आत्मबल चाहिन्छ

‘कांग्रेस अब प्रतिपक्षी रहेन, भन्न पनि मिल्दैन’


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : देशमा भएको नयाँ सरकारले भए भरको सोचे भन्दा पनि बढी मत ल्याएको छ । मात्र दुई जान सांसदले विश्वासको मत दिन सकेनन् । यो विश्वासको मत पाइरहँदा पुष्पकमल दाहाल नेतृत्वको सरकारले अब चमत्कार नै गर्ला त भन्ने प्रश्न आईरहदा नेपाली कांग्रेसले सरकारबाट विमुख हुनु परेको अवस्थामा प्रति पक्षमा बस्न पनि उसलाई किन सुहाएन वा नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने नैतिकता देखाउन किन सकेन ? यसै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक श्री कृष्ण अनिरुद्ध गौतमसँग नयन सापकोटाको कुराकानीको सम्पादित अंशः

काँग्रेसको विश्वासको मतलाई कसरी लिनु भएको छ ?
आज म उपवास बस्छु अरू मैले गरिसके जस्ता एक प्रकारको देखावटीको पाटोका रूपमा लिन्छु । जसको कारण समाजमा भएका र घटेका वास्तविकता देखीने जस्तो रहेको हुन्छ । कुनै पनि माध्यमबाट कसैले पनि परिकल्पना नगरेको नसोचेका कार्यका रूपमा लिन्छु । गाली गर्दा पनि गाली लज्जित हुन्छ ।

कार्य सम्पादन समितिले निर्णय गयो काँग्रेसमा खास निर्णय कसरी हुन्छ ?
कांग्रेसमा मात्र नभई नेपालका राजनीतिक पाटीमा कुनै निर्णय नभएको पाइयो । नीति शास्त्र समात निर्णय नहुने रहेछ । चुनाव भन्दा अगाडि गठबन्धन गर्न र जुन धर्म छ त्यसको पालना नगर्ने जस कारण यसलाई चाहिँ कुनै पनि धर्मको पालना नगरेको पाए । धर्म छोड्नु भनेको धर्म निरपेक्ष हो धर्मनिरपेक्ष भनेको पाप पालना गर्नु हो । त्यो प्रक्रिया भोग्न तयार हुनु हो पाटी भनेको पद्धति हो । सिद्धान्तमा आधारित हुन्छ । सही छ र गलत छ भन्नु भन्दा पनि गलतलाई अँगाली रहेका हुन्छन् र त्यसैलाई आत्मसाथ गरिरहेका हुन्छन् । बोलाइ र गराइमा फरक पर्छ ।

विश्वासको मत दिनै पर्ने अवस्थामा शेरबहादुर देउवा किन पुगे ?
लोभ प्रलोभन भन्दा बाहिर त केही पनि हुन सक्दैन । आपसमा समझदारी भयो भने विश्वासको मत फिर्ता लिन पनि सकिन्छ । नेपाली कङ्ग्रेस कुनै पनि पाटीमा सहभागी नरहने अवस्था पनि आएको थियो । व्यावहारिक लेनदेन भएको पनि हुन सक्छ । विभिन्न कारण झगडा रुवाबासी लाई साम्मे पार्नको लागि लेनदेनमा झुकाव रहेको हुन सक्छ । एकले अर्कोलाई जिताइ रहेका छन् । के पी ओलीमा बराबर पन अबको समयमा रहेन । सत्ता राजनीतिको खेलमा प्रचण्ड अगाडि रहे ।

पुष्पकमल दाहालले कांग्रेस लाई प्रतिपक्षमा बसाउन किन चाहेनन् ? नयाँ गठबन्धनलाई हटाउनु पर्छ भन्ने काँग्रेसको प्रवेश गराइयो यसलाई के भन्न चाहनु हुन्छ ?
कठपुतली अर्थात विश्वास नभएको एक अर्कोमा दोष लगाएर बसेको छ नेपालको राजनीतिमा ३० वर्षको पञ्चायतमा धेरै व्यक्तिहरू सांसदमा छन् । जहाँ दल थिएन गोठालो बिनाका बस्तुभाउ जस्तो हो । अरूको कुरामा देश अडिएको जसले जे भन्यो त्यही लागू गरेको छ । चरित्र बानी बेहोरामा पनि आधारित छ ।

माधव नेपालले समर्थन दिँदैमा चाहिँ हामी सरकारमा गएको भन्न कसरी मिल्छ ?
हामी जे बोल्छौ त्यो नै विधान हुन्छ भन्ने सो हुन्छ । हामीले बोलेको त्यो नि सत्य हो भन्ने विचार राख्नु हुन्छ । लोकतन्त्रको मुख्य गुन भनेको तपाईँको सम्पूर्ण चरित्र नङ्ग्याइनु छ यसको सुन्दर पक्ष हो । चुनाव अगाडि र चुनाव पछाडिको बोलिले धेरै फरक हुन्छ भन्नुको अर्थ बोलाई र गराई मा फरक पन छ । जनताले चाहेका जस्तो कानुन नभएको जनाइन्छ ।मेरो प्रतिनिधित्व गर्ने मान्छे छैन भने म आफै प्रतिनिधित्व गर्नु पर्छ ।

कांग्रेस हुन्छ लाई कारबाही गर्ने भनेका कार्यकर्ता मतदाता कि अरू पनि ?
२६ गते बाट नेपाली काँग्रेस प्रतिपक्ष होइन सत्ता पक्ष हो । आजका मितिमा केन्द्रीय समिति बसेर हामीले दिएको समर्थन फिर्ता लिएमा सुधार हुन्छ । राज्य सञ्चालनमा सुधार ल्याउन जरुरी हुन्छ ।

यस्तो राजनीतिले कांग्रेसले के गर्न खोजिराखेको छ ?
यसले केही पनि गर्दैन अब केही गर्छु भन्नु त केबल मुखोँटाहरु हुन । विधान अरूतिर बनी सक्यो जहाँ जस्तो रूपमा रहन नसक्नु हो । बाचा अनुसारको आचरण भुल्दै गएको छ । मान्छेले आफूले बोलेको बोली पुरा, तपस्या, त्याग गर्न, आत्मबल हुन आवश्यक छ ।

जुन व्यवस्थामा र राजनीतिक प्रणालीमा हामी छौँ त्यहाँ गलत र विफल बन्दै जाने श्रृङखला कसरी भयो ?
यो व्यवस्था गलत र सही भन्दा पनि यो व्यवस्थामा संस्कृति भन्दा पनि विकृति भने छिटो आएको छ । लोकतान्त्रिक सांस्कृतिक विश्वमा धेरै मान्यता छ, त्यसलाई उल्लिन गर्नु भएन जस कारण अदालतलाई दबाउन खोजेको पाइन्छ । जनताको अपेक्षा तथा चाहनालाई मार्नु भएन । काँग्रेस दोस्रो दल थियो काँग्रेसले पनि बहुमत प्याउन सक्थ्यो । अल्पमतको सरकार थियो । यो बहुमतको सरकार हो ।

एउटै पाटिएको बहुमतको सरकार होइन। सरकारले जसरी पद बाँडफाँडमा कस्तो कस्तो खालको किचलो तथा समस्या आउन सन्कने सम्भावना छ ?
तुष्टिकरणको राजनीतिमा प्रचण्डलाई माहिर मान्नु पयो । लोभले गर्दा विफल भएको छ जस कारण सरकार दिगो र परिवर्तन हुन नसकेको हो जनता भन्दा नेताहरूको सोचमा विकास र उच्चताको भावना हुनु पर्छ ।

अब काँग्रेसलाई मैले यसरी समर्थन गरे के कारणले भन्न ठिक होला ?
त्यो आवश्यक मान्दैनन् गणतन्त्र यस कारण सफल बनाइयो भनेर भन्दैनन् । गणतन्त्रको एजेन्डा पास गरे एजेन्डा पास गर्दा यो यो कारणले गर्दा गणतन्त्रका आउनु पयो भन्ने हामीले त्यसको समीक्षा गरिदिने हो । म गलत थिए सच्चिएर नआएको कारण कुनै पनि कार्यमा समर्थनमा नआएको छ ।

 

 

(प्रस्तुति : पुष्पाञ्जी बस्नेत)

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ४७ बजे

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख

काठमाडौं – सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको

बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर

बाजुरा– बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या युनामा रूखले च्यापेर आज एक

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको कामको गतिलाई

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : डेढ दशकमा सात प्रतिशत काम

काठमाडौं – कुल ९२५ किलोमिटर प्रस्तावित लम्बाइको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग

दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने

काठमाडौं- काठमाडौं जिल्ला अदालतले भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप