विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै « Khabarhub

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घटनाबारे जानकारी लिन आज पोखरा जाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनी विमान दुर्घटनास्थल पोखरा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

“अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ, बैठकपछि प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ”, उनले भने, “सम्भवतः प्रधानमन्त्री दुर्घटनास्थलमा समेत पुग्नुहुनेछ ।” प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री, नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका उच्च अधिकारी पनि पोखरा जाने बताइएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए । घटनास्थलमा उद्धार कार्य जारी छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : ३५ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल