विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै « Khabarhub

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घटनाबारे जानकारी लिन आज पोखरा जाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनी विमान दुर्घटनास्थल पोखरा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

“अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ, बैठकपछि प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ”, उनले भने, “सम्भवतः प्रधानमन्त्री दुर्घटनास्थलमा समेत पुग्नुहुनेछ ।” प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री, नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका उच्च अधिकारी पनि पोखरा जाने बताइएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए । घटनास्थलमा उद्धार कार्य जारी छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै