मकर सङ्क्रान्ति पर्व : सप्तकोशीमा स्नान गर्नेको भीड | Khabarhub Khabarhub

मकर सङ्क्रान्ति पर्व : सप्तकोशीमा स्नान गर्नेको भीड


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकर सङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोशी नदीमा स्नान गर्नेको भीड लागेको छ ।

हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वमा नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास छ । कोशी नदीमा सुनसरी र सप्तरी जिल्ला, भारतको बिहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ, सहरका मानिस आज दिनभरि आएको स्थानीय देवनारायण विश्वासले बताए ।

नुहाएपछि स्थानीय मठमन्दिर तथा भारदहमा रहेको कङ्कालनी भगवती मन्दिर र कोसी ब्यारेजमा रहेका हनुमानजीको मन्दिरमा पूजाआजासमेत गर्ने गरेको जनाइएको छ ।

त्यस्तै सिरहाको कमला नदीमा धनुषा र सिरहाका हिन्दू धर्मावलम्बी आज बिहानैदेखि सो नदीमा नुहाउने गरेको कमला सिँचाइ आयोजनाका इन्जिनियर अरुणकुमार यादवले बताए । साँझपख कमला र कोसी नदी छेउमा किनमेलका लागि मेलासमेत लागेको बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : ५६ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना