मकर सङ्क्रान्ति पर्व : सप्तकोशीमा स्नान गर्नेको भीड « Khabarhub

मकर सङ्क्रान्ति पर्व : सप्तकोशीमा स्नान गर्नेको भीड


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकर सङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोशी नदीमा स्नान गर्नेको भीड लागेको छ ।

हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वमा नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास छ । कोशी नदीमा सुनसरी र सप्तरी जिल्ला, भारतको बिहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ, सहरका मानिस आज दिनभरि आएको स्थानीय देवनारायण विश्वासले बताए ।

नुहाएपछि स्थानीय मठमन्दिर तथा भारदहमा रहेको कङ्कालनी भगवती मन्दिर र कोसी ब्यारेजमा रहेका हनुमानजीको मन्दिरमा पूजाआजासमेत गर्ने गरेको जनाइएको छ ।

त्यस्तै सिरहाको कमला नदीमा धनुषा र सिरहाका हिन्दू धर्मावलम्बी आज बिहानैदेखि सो नदीमा नुहाउने गरेको कमला सिँचाइ आयोजनाका इन्जिनियर अरुणकुमार यादवले बताए । साँझपख कमला र कोसी नदी छेउमा किनमेलका लागि मेलासमेत लागेको बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : ५६ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न