सन् २०२२ मा पाकिस्तानको बलुचिस्तानमा १९५ जनाको गैरन्यायिक हत्या « Khabarhub

सन् २०२२ मा पाकिस्तानको बलुचिस्तानमा १९५ जनाको गैरन्यायिक हत्या


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२२ मा पाकिस्तानी सेनाले मुलुकको बलुचिस्तान प्रान्तमा १ सय ९५ जनाको गैरन्यायिक हत्या गरेको खुलेको छ । बलुच राष्ट्रिय अभियानको मानव अधिकारवादी संस्था पाङ्कले जारी गरेको प्रतिवेदनमा सन् २०२२ मा पाकिस्तानी सेनाले बलुचिस्तानका १ सय ९५ जनाको गैरन्यायिक हत्या गरेको उल्लेख छ ।

भारतीय आर्थिक पत्रिका इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार मानव अधिकार प्रतिवेदनमा सन् २०२२ मा अरु ६ सय २९ जनालाई जबरजस्ती बेपत्ता बनाइएको उल्लेख छ । यसबाहेक बलुचिस्तानका अरु १ सय ८७ जना पाकिस्तानी सेनाबाट यातनाको सिकार भएको समेत प्रतिवेदनमा जनाइएको छ ।

बलुचिस्तानमा तैनाथ पाकिस्तानी सेनाको प्रतिआतंकवाद र फ्रन्टियर कोर एकाई यस्तो गतिविधिमा संलग्न हुने गरेको पाङ्कको दाबी छ ।

पाकिस्तानी सेनाले मुठभेढका नाममा व्यक्तिको गैरन्यायिक हत्या गर्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : १३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको