हिजो मात्रै काठमार्डौ आएका एलेक्जेण्डर धर्म छोरा भेटन् जाँदै थिए पोखरा « Khabarhub

हिजो मात्रै काठमार्डौ आएका एलेक्जेण्डर धर्म छोरा भेटन् जाँदै थिए पोखरा


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरा–२६ सुन्दरीबजारका सुजन अधिकारी आज बिहानैदेखि निकै खुसी थिए । फ्रान्सबाट सुजनका धर्मबुबा पास्कल एलेक्जेण्डर आज पोखरा आउँदै थिए।

नेपालमा सुजनलाई धर्मछोरा बनाउनुभएका एलेक्जेण्डर छोरा भेट्न आतुर थिए भने सुजन पनि धर्मबुबालाई भेट्न हतारिएका थिए । बिहानै जहाज चढ्ने बेलामा अबको १८ मिनेटमा पोखरा झर्छु भनेर म्यासेज छोड्नुभएको एलेक्जेण्डर सेती खोचमा बिलिन भए।

यता, सुजन बुबा लिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भए पनि जहाज दुर्घटनाको खबरले विक्षिप्त हुँदै दुर्घटनास्थलतर्फ लागेका थिए । सेती खोँचबाट धुवाँको मुस्लो निस्कँदा नै उनको होसहवास उडेको थियो । पछि शवको सनाखत भएपछि उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम कक्ष प्राङ्गणमा झनै पीडामा छन ।

उनीहरूको चिनजान भएको धेरै भएको छैन । एलेक्जेण्डर नेपाल आएको बेला बाटो बताउँदा भएको चिनजान धर्मबुबासम्म पुगेको सुजनले बताउनुभयोए । चिनजान भएदेखि नै आफ्नो हरेक सुखदुःखमा साथ दिने धर्मबुबा गुमाउनुपर्दा असह्य भएको उहाँले सुनाए । “हाम्रो चिनजान भएको धेरै भएको छैन । दुई वर्षअघि बाटो चिनाउँदा भेट भएको हो । त्यो बेला कुराकानी भएपछि उहाँले मलाई सहयोग गर्न थाल्नुभयो”, सुजनले भने, “मेरो आफ्नै बुबा सानैदेखि म र ममीबाट टाढा हुनुहुन्थ्यो । त्यो कारण पनि उहाँलाई भेटेपछि मैले धर्मबुबा मानेको थिएँ ।”

शनिबार मात्रै काठमाडौँ झरेर आफूलाई भेट्नकै लागि पोखरा आएको सुजनले बताए । “उहाँ मलेसिया हुनुहुन्थ्यो शनिबार नेपाल आएपछि मलाई भेट्न पोखरा आउनुभएको थियो”, उनले भने , “मसँग हरेक क्षण म्यासेजमा बोल्नुहुन्थ्यो । अन्तिम पटक जहाज चढ्ने बेला बोल्नुभएको थियो । उहाँले छिट्टै भेट हुन्छ यो पटक मिठाइ ल्याउन पाइन पनि भन्नुभएको थियो ।”

धर्मबुबा एलेक्जेण्डरको जहाज दुर्घटनामा निधन भएसँगै आफ्नो जिन्दगीले फरक रूप लिने उहाँले बताए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ५५ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया