गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति | Khabarhub Khabarhub

गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

मलेखु – माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ १ गते धादिङ, नुवाकोट र रसुवाको ठाउँठाउँमा गोरु जुधाइ मेला मनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने उद्देश्यले धादिङ जिल्लाका मैदीकोट, धुवाकोट, सल्यानटार, खाल्टेलगायत ऐतिहासिकस्थलमा गोरु जुधाइएको छ ।

सुरुका वर्षमा नेपाल पर्यटन बोर्डले चासोका साथ प्रचार थालेको गोरु जुधाइ मेलालाई अहिले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनको एउटा पाटोको रूपमा लिएको छ । धादिङ ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्याल भने, “पर्यटन प्रवद्र्धनसँगै संस्कृतिको विकासको रुपमा पनि गोरु जुधाइलाई लिएर गाउँपालिकाले कार्यक्रमको व्यवस्थापन गरिरहेको छ ।”

माघे सङ्क्रान्ति भन्ने वित्तिकै देशका विभिन्न ठाउँमा घ्यू, चाकु, तरुल खाएर मनाइने प्रचलन रहेको छ तर धादिङ, नुवाकोट, रसुवा, गोरखालगायत पहाडी जिल्लामा भने गोरु जुधाइको रौनक छुट्टै छ । बलवान् गोरुहरूबीच रोचक घम्साघम्सी हेर्न सहर बजारमा रहेका पनि गाउँ फर्किने गरेका छन् । आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एक मात्र गोरु जुधाइ मेला विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको ‘बुलफाइट’ पनि बिर्साउने भिन्दै आकर्षण बनेको स्थानीयवासी बताउँछन् । “एक दशक अघितिर कतैकतै मात्रै गोरु जुधाइन्थ्यो, पछिल्लो वर्षमा यसको आकर्षण निकै बढेको छ”, हरेक वर्ष गोरु जुधाउनका लागि गोरु पाल्दै आउनुभएका मैदीका टेकबहादुर तामाङ भने, “अहिले त जताततै गोरु जुधाउन थालियो, युवा पुस्ताको आकर्षण पनि निकै बढेको छ ।”

जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्त्व पनि जोडिएको छ । माघे सङ्क्रान्तिको उत्सवअन्तर्गत एउटा परम्परा हो गोरु जुधाउने । ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको मैदीकोट खड्गदेवी मन्दिर व्यवस्थापन समितिका सचिव नरेन्द्र शाहले बताए ।

रसुवाको बेत्रावती नेपाल र तीब्बतबीचको भोट युद्धको सन्धि भएको स्थलमा मानवबीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकार बताउँछन् । अर्कोतिर बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्वदन्ती छ ।

पहिलापहिला छिमेकीले रमाइलो स्वरूप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रूपमा गोरु जुधाइँदै आएको छ । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका गोरु जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शक देखिन्छन् । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । कुन गोरु कुनसँग जुधाउने, उमेर र आकार हेरेर निर्क्योल गरिन्छ ।

कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाएर मनोरञ्जन लिने धादिङ, नुवाकोट र रसुवा जिल्लाको यो सदियौँ पुरानो परम्परा हो । बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि सुरु गरिएको गोरु जुधाउने परम्परा पछिल्लो वर्षमा धादिङको थुप्रै स्थानमा सुरु भएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : १२ बजे

‘वैकल्पिक नेता’का घरझगडा बजारमा छरपस्ट !

काठमाडौं – नेपालको संसदीय राजनीतिमा उदाएका नयाँ दलहरू हुन्– राष्ट्रिय स्वतन्त्र

जलवायु न्यायको माग गर्दै युवाहरुको र्‍याली (तस्बिरहरू)

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स

इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता मारिए

काठमाडौं– इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष नेता मारिएका

चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक