पर्यटकीयस्थल बन्दिपुरमा गोरु जुधाइ प्रतियोगिता « Khabarhub

पर्यटकीयस्थल बन्दिपुरमा गोरु जुधाइ प्रतियोगिता


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ – माघे सङ्क्रान्ति पर्वको अवसरमा आज तनहुँको पर्यटकीयस्थल बन्दीपुरमा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ ।

नारायण–गोपाल युवा क्लबद्वारा बन्दीपुर गाउँपालिका–२ स्थित कुकुर्दीमा आयोजित गोरु जुधाइमा हल्थुम्काका नवीन गुरुङको गोरु प्रथम र कुकुर्दीका सन्तोष गुरुङको गोरु द्वितीय भएको छ ।

उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका १४ हल गोरु सहभागी गराइएको क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिए । प्रतियोगितामा पहिलो हुने गोरुका धनीलाई नगद रु १५ हजार र दोस्रो हुनेलाई रु सात हजार पुरस्कार प्रदान गरिएको छ ।

क्लबले प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा सो प्रतियोगिता गर्दै आएकाले यस वर्ष पनि निरन्तरता दिइएको उनले बताए । सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता तथा विभिन्न किसिमका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरेर माघे सङ्क्रान्ति मनाइएको सो क्लबले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : ३६ बजे

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ