‘जीवन रक्षाः तपाईंको हातमा’ नारासहित बाल क्यान्सरविरुद्धको दिवस मनाइँदै « Khabarhub

‘जीवन रक्षाः तपाईंको हातमा’ नारासहित बाल क्यान्सरविरुद्धको दिवस मनाइँदै


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ। ‘जीवन रक्षाः तपाईंको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाउन लागिएको हो। बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो।

हरेक तीन मिनेटमा विश्वभरका बालबालिकाको क्यान्सरले मृत्यु हुने गरेको छ। यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दैनौं। हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसङ्ख्यामा क्यान्सर हुने गरेको पाइन्छ।

उच्च आय भएका देशमा ८० प्रतिशत क्यानसरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ।

साथै बाल्यकालमा क्यान्सर भएका बालबालिकाका लागि सहयोग र साथ दिने हिसाबले पनि यो दिवस मनाउने गरिएको हो।

समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालको भनाइ छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ३१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना