कुवेतमा नेपालीलाई प्रहरीको गाडीबाट भगाउन सहयोग गर्ने नेपाली युवती पक्राउ  « Khabarhub

कुवेतमा नेपालीलाई प्रहरीको गाडीबाट भगाउन सहयोग गर्ने नेपाली युवती पक्राउ 


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा पक्राउ परेका नेपालीलाई प्रहरीको गाडीबाट भगाउन सहयोग गर्ने एक नेपाली युवती पक्राउ परेकी छन्।

कम्पनीबाट तलब नपाएको भन्दै जम्मा भएका भीडलाई सुरक्षाकर्मीले कारबाही गरिरहेका बेला प्रहरीको गाडीको ढोका खोलेर पक्राउ परेका नेपाली युवालाई भगाउन सहयोग गरेको आरोपमा युवतीलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फरार रहेका ती महिलासहित युवकलाई पनि पक्राउ गरिएको छ। कुवेत सरकारले सार्वजनिक व्यवस्था उलङ्घन गरेको आरोपमा दुवैलाई देश निकाला गर्ने निर्णय गरेको गृह मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ।

कुवेतले कानुन उल्लङ्घनका क्रममा पक्राउ परेकाहरूलाई देश निकाला गर्दै आएको छ। कुवेतमा ठुलो सङ्ख्यामा नेपालीले पनि आवासीय कानुन उल्लङ्घन गरी बसिरहेका त्यहाँस्थित विभिन्न संघसस्थाहरुले बताउने गरेका छन्।

उनीहरुलाई पनि पक्राउ परेको खण्डमा कुवेतले देश निकाला गर्नेछ। कुवेतले पछिल्लो समय गैर कानुनी रूपमा बस्दै आएका विदेशी नागरिकहरूलाई पक्राउ अभियान तीव्र पारेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ०८ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्ने छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।