कुवेतमा नेपालीलाई प्रहरीको गाडीबाट भगाउन सहयोग गर्ने नेपाली युवती पक्राउ  « Khabarhub

कुवेतमा नेपालीलाई प्रहरीको गाडीबाट भगाउन सहयोग गर्ने नेपाली युवती पक्राउ 


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा पक्राउ परेका नेपालीलाई प्रहरीको गाडीबाट भगाउन सहयोग गर्ने एक नेपाली युवती पक्राउ परेकी छन्।

कम्पनीबाट तलब नपाएको भन्दै जम्मा भएका भीडलाई सुरक्षाकर्मीले कारबाही गरिरहेका बेला प्रहरीको गाडीको ढोका खोलेर पक्राउ परेका नेपाली युवालाई भगाउन सहयोग गरेको आरोपमा युवतीलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फरार रहेका ती महिलासहित युवकलाई पनि पक्राउ गरिएको छ। कुवेत सरकारले सार्वजनिक व्यवस्था उलङ्घन गरेको आरोपमा दुवैलाई देश निकाला गर्ने निर्णय गरेको गृह मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ।

कुवेतले कानुन उल्लङ्घनका क्रममा पक्राउ परेकाहरूलाई देश निकाला गर्दै आएको छ। कुवेतमा ठुलो सङ्ख्यामा नेपालीले पनि आवासीय कानुन उल्लङ्घन गरी बसिरहेका त्यहाँस्थित विभिन्न संघसस्थाहरुले बताउने गरेका छन्।

उनीहरुलाई पनि पक्राउ परेको खण्डमा कुवेतले देश निकाला गर्नेछ। कुवेतले पछिल्लो समय गैर कानुनी रूपमा बस्दै आएका विदेशी नागरिकहरूलाई पक्राउ अभियान तीव्र पारेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ०८ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा