महिलाको शव शंकास्पद अवस्थामा फेला « Khabarhub

महिलाको शव शंकास्पद अवस्थामा फेला


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बारा – निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्गजोरमा ४ दिनदेखि बेपत्ता स्थानीय कान्छिमाया घलानको शव शंकास्पद अवस्थामा फेला परेको छ।

गत शनिबार बेपत्ता ७१ वर्षीया घलानको शव मंगलबार घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेको हो।

स्याउलाले छोपेको अवस्थामा शव देखेपछि स्थानीयले खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सन्जिव ओलीले जानकारी दिए।

मृतक घलानको परिवारमा श्रीमानसहित २ छोरा छन्। श्रीमान गाउँमै अर्को घरमा बस्ने र जेठो छोरा भने रोजगारीको क्रममा सिमरामा छन्।

यसैबीच कान्छो छोरालाई मकवानपुर प्रहरीले हेटौडाबाट नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १२ : २२ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको