मेन्छियाम हाइड्रोपावरको आईपीओ आउँदै « Khabarhub

मेन्छियाम हाइड्रोपावरको आईपीओ आउँदै


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ ) को बिक्री खुला गर्ने भएको हो । 

कम्पनीले आफ्नो जारी पूँजी रु ५४ करोड २५ लाख ८३ हजार तीन सयको १० प्रतिशत अर्थात् पाँच करोड ४२ लाख ५८ हजार तीन सय बराबरको प्रतिशेयर एक सय दरका पाँच लाख ४२ हजार पाँच सय ८३ कित्ता शेयर आयोजना पीडित क्षेत्र सङ्खुवासभावासीका लागि निष्कासन गर्न लागेको हो । त्यसमा पनि अति पीडित सङ्खुवासभाको साबिक सिद्धिकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९२ कित्ता र त्यसबाहेक सङ्खुवासभाका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९१ कित्ता छुट्याइएको छ । 

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार पाँच सय १७ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आयोजना पीडित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा यही फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ९ गते हुने कम्पनीले जनाएको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले आयोजना स्थलमा रहेको कम्पनीको कार्यालय, मादी नगरपालिका-७, चैनपुर नगरपालिका-३ मा रहेको रेडक्रस भवन, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले  आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयर एनपी बिबी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभामा चार दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १२ : २५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल