कलाकार विदेशिने अवस्था रोकिनुपर्नेमा उपराष्ट्रपति पुनको जोड « Khabarhub

कलाकार विदेशिने अवस्था रोकिनुपर्नेमा उपराष्ट्रपति पुनको जोड


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् । ग्लोबल टेलिभिजनमा प्रसारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा उनले चलचित्र मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताए । 

‘प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि जनमानसमा प्रमुख प्रेरक माध्यमका रुपमा चलचित्रले भूमिका खेल्दै आएका छन्’, उनले भने। भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रले गरिरहेको जनाउँदै उनले देशभक्ति भावले ओतप्रोत बनाउन तथा राष्ट्रिय एकताको प्रवर्द्धन, भौगोलिक अखण्डताको रक्षामा चलचित्रले योगदान पुर्‍याउँदै आएको बताए । 

नेपाली चलचित्र क्षेत्रमा टेलिचलचित्रको आफ्नै भूमिका रहेको उल्लेख गर्दै उनले विशेष गरी हास्य टेलिचलचित्रको प्रभाव र त्यसप्रतिको आकर्षण बढ्दै गएको बताए। ‘समाजका विकृतिविरुद्ध प्रहार गर्दै सामाजिक रूपान्तरणको सन्देशसहित हास्य चेत मिसिएका यसप्रकारका चलचित्र आमनेपालीका लागि नियमित मनोरञ्जनको प्रमुख माध्यम बनिरहेका छन्’, उपराष्ट्रपति पुनले भने, ‘हास्य कलाकारको व्यङ्ग्यकला मनोरञ्जनमात्रै नभइ नीति निर्माण तहमा पनि प्रभाव पार्नसक्ने माध्यम बनेका छन् ।’

देशको राजनीतिक तथा सामाजिक रूपान्तरण, भाषा, संस्कृति, गीत, सङ्गीत, साहित्यको संरक्षण, प्रवर्द्धनमा उच्चतम् योगदान दिने राष्ट्रका सम्पत्ति कलाकारलाई उचित सम्मान र पुरस्कृत गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भोलिका वरिष्ठ कलाकार, आजका प्रतिभावान् कलाकार जीविकोपार्जनका लागि विदेशिनुपर्ने बाध्यता रोक्न सरकार र सबै पक्षको ध्यानाकर्षण गराए । 

कार्यक्रममा नेपालको पहिलो नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, लय सङ्ग्रौलालगायत कलाकार, गीतकार, निर्माता, निर्देशक, सञ्चारकर्मी, प्राविधिकलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ३ : ३८ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन