पाकिस्तानमा कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते | Khabarhub Khabarhub

पाकिस्तानमा कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । खानी दुर्घटनामा अरु चार जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना भएको हो ।

कोहाट जिल्लाको डेरा आदम खेल क्षेत्रको कोइला खानीमा विष्फोट हुँदा चार जना खानी मजदुर फसेका थिए । उनीहरूलाई घाइते अवस्थामा उद्धार गरिएको प्रान्तीय उद्धार सेवाले जनाएको छ ।

उद्धारका क्रममा एक जना उद्धारकर्मी पनि घाइते भएका छन् । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : ४५ बजे

पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये