राष्ट्र बैंकद्वारा ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सार्वजनिक | Khabarhub Khabarhub

राष्ट्र बैंकद्वारा ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सार्वजनिक


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले गत पुस २४ देखि ३० गतेसम्म देशभरका विभिन्न ६० वटा बजार क्षेत्रमा दुई हजार १० जना उत्तरदातासँग गरिएको सर्वेक्षणको नतिजा आज सार्वजनिक गरेको हो ।

 मुद्रास्फीति अपेक्षा सर्वेक्षण प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी अधिकांश व्यक्तिले मूल्यवृद्धि अझै बढ्नसक्ने धारणा दिएका छन् । आगामी तीन महिना र एक वर्षभित्रको मूल्यवृद्धि अनुमान गर्न भनिएको प्रश्नावलीमा अधिकांशले मूल्य बढ्ने जवाफ दिएको राष्ट्र बैंकले जनाएको छ । ‘८६ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९२ दशमलव तीन प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्’, राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।

आगामी दिनहरूमा गैरखाद्य सामग्रीको तुलनामा खाद्य सामग्रीमा उच्च मूल्यवृद्धि हुने अनुमान यो सर्वेक्षणबाट गरिएको छ । ‘माछा, मासु, दूध, घ्यू तेल र होटल तथा रेस्टुराँबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको हिस्सा गत असोजको तुलनामा बढेको छ’, सर्वेक्षणमा भनिएको छ । गैरखाद्य वस्तु तथा घरजग्गा क्षेत्रमा भने अबको तीन महिनामा हुने मूल्य वृद्धिको अनुमान गत असोजमा गरिएको सर्वेक्षणको तुलनामा घटेको छ ।

सर्वेक्षणअनुसार आगामी तीन महिना र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति गत असोजको तुलनामा समान रहेको छ भने तीन महिनापछिको औसत र एक वर्षपछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । ‘तीन महिना र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ’, राष्ट्र बैंकको सर्वेक्षणमा भनिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : २८ बजे

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

बाजुरा– बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी

खानीको रहर, अधिकारको कहर !

पोखरा – गण्डकी प्रदेशसँग आफ्नै खानीबाट प्रदेशको ढुकुटी भर्ने रहर

कैलाली कारागार प्रकरण : मुख्यमन्त्री शाहले भेटे गृहमन्त्री

काठमाडौं– कैलाली कारागार कैदी–बन्दीले नियन्त्रणमा लिइरहँदा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले

पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह

काठमाडौं– पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह रहेको पाइएको छ ।

महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन्

धनगढी– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ