१२ वर्ष पछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

१२ वर्ष पछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन क्लब इन्टर मिलान १२ वर्ष पछि युएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको इन्टर मिलान १२ वर्ष पछि क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

१२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो ।

सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने तेस्रो टोली बन्न सक्ने सम्भावना कायमै छ भने यसअघि नै बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : ५० बजे

नक्कली नोटसहित १ भारतीय युवती पक्राउ 

विराटनगर– मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना

अध्यक्ष प्रचण्डलाई बेलौरीमा स्वागत तथा अभिनन्दन

कञ्चनपुर– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल

बालुवाटारमा सत्तापक्षीय दलको बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हान सत्तापक्षीय राजनीतिक दलको बैठक

तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती

तनहुँ– एक सय ३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट

प्रहरीबाट अवैध घरेलु मदिरा नष्ट

ललितपुर– प्रहरीले अवैध रुपमा उत्पादन गरी बिक्री गर्न राखिएको घरेलु