बोगटान फुड्सिल बन्यो साक्षर पालिका « Khabarhub

बोगटान फुड्सिल बन्यो साक्षर पालिका


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ।

पालिकाका भित्र रहेका सात वटा वडालाई साक्षर घोषणा गरिएसँगै मङ्गलवार एक कार्यक्रमकाबीच पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो।

मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकालाई जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले पालिकालाई साक्षर घोषणा गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समन्वय प्रमुख सिंहले यसलाई दिगो व्यवस्थापन तर्फ पालिकाले विशेष ध्यान दिनु पर्ने बताए।

बोगटान फुड्सिल गाउँपालिकाका १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए।

गाउँपालिका अन्तरगत वडा नम्बर १ सिमचौरको साक्षरता प्रतिशत ९७.५१, वडा नम्बर २ केदार अखडाको ९६.२७, वडा नम्बर ३ कानाचौरको ९६.७१, वडा नम्बर ४ सातफरीको ९७.२ प्रतिशत साक्षर दर रहेको छ। त्यसै गरी वडा नम्बर ५ धिकांमाण्डौको ९६.८, वडा नम्बर ६ गगुडाको ९७.४ ५ र वडा नम्बर ७ चवराचौताराको ९७.१५ प्रतिशत साक्षर दर रहेको पालिकाले जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : १६ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता