कृष्ण सागरमा रुसी लडाकु विमान र अमेरिकी ड्रोन ठोक्किएसँगै आरोप प्रत्यारोप सुरु « Khabarhub

कृष्ण सागरमा रुसी लडाकु विमान र अमेरिकी ड्रोन ठोक्किएसँगै आरोप प्रत्यारोप सुरु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृष्ण सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रुसी लडाकु विमान र अमेरिकी जासुसी ड्रोन एक आपसमा ठक्कर खाएपछि दुई मुलुक एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रेका छन् ।

युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला मंगलबार कृष्ण सागरको आकाशमा रुसी वायुसेनाको सुखोई एसयु २७ लडाकु विमान र अमेरिकी एमक्यू ९ चालकरहित हवाई उपकरण ड्रोन एक आपसमा ठक्कर खाएका थिए ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले रुसी लडाकु विमानले अमेरिकी ड्रोनको पखेँटामा ठक्कर दिएको जनाएको छ ।

असुरक्षित र अव्यवसायिक रुसी हवाई कौशलले दुबै विमान दुर्घटना हुने जोखिम निम्त्याएको सो क्षेत्रमा तैनाथ अमेरिकी वायुसेनाका कमाण्डर जनरल जेम्स हेकरले बताएका छन् ।

रुसले भने आफ्नो लडाकु विमानले अमेरिकी ड्रोनलाई ठक्कर नदिएको र ‘जटिल हवाई चालबाजी’ का कारण उक्त ड्रोन खसेको बताएको छ ।

अमेरिकाका लागि रुसी राजदूत अनातोली अन्तोनोभले विद्युतीय प्रसारण प्रणाली बन्द गरी उक्त ड्रोन जानाजान र उत्तेजना भड्काउने उद्देश्यले रुसी आकाशमा प्रवेश गर्न लागेको अवस्थामा घटना भएको बताएका छन् ।

उत्तेजना भड्काउने उद्देश्यबाट प्रेरित भएर अमेरिकी ड्रोनले सो क्षेत्रमा उडान भरेको भएको आफ्नो मुलुकको ठहर रहेको उनको भनाइ छ ।

घटनाबारे थप छलफल गर्न अमेरिकी विदेश मन्त्रालयले राजदूत एन्तोनोभलाई बोलाएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ३ : ३१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका