आईपीएल : हैदरावादसँग कोलकाता पराजित « Khabarhub

आईपीएल : हैदरावादसँग कोलकाता पराजित


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ।

घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा जितका लागि २२९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनायो।

कोलकाताका कप्तान नितिश राणाले सर्वाधिक ७५ रन बनाउँदा रिङ्कु सिंह ५८ रनमा अविजित रहे। तर, टिमलाई हारबाट उनीहरुले जोगाउन सकेनन्।

कोलकातालाई सस्तैमा समेट्ने क्रममा हैदरावादका मार्को जनसन, मयङ्क मारकान्डेले समान दुई दुई विकेट लिए भनेभुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो।

हैदरावादका ह्यारी ब्रुकले १०० रनको अविजित शतकीय पारी खेल्दा कप्तान एडेन माक्ररमले ५० रन जोडे। कोलकाताका आन्द्रे रसेलले ३ विकेट तथा वरुण चक्रवर्तीले एक विकेट लिए। यो खेलसँगै कोलकाता ४ खेलमा ४ अंककासाथ तालिकाको चौथो स्थानमा र हैदरावाद ४ खेलमा ४ अंककासाथ सातौँ स्थानमा छ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : ५१ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल