आईपीएल : हैदरावादसँग कोलकाता पराजित « Khabarhub

आईपीएल : हैदरावादसँग कोलकाता पराजित


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ।

घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा जितका लागि २२९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनायो।

कोलकाताका कप्तान नितिश राणाले सर्वाधिक ७५ रन बनाउँदा रिङ्कु सिंह ५८ रनमा अविजित रहे। तर, टिमलाई हारबाट उनीहरुले जोगाउन सकेनन्।

कोलकातालाई सस्तैमा समेट्ने क्रममा हैदरावादका मार्को जनसन, मयङ्क मारकान्डेले समान दुई दुई विकेट लिए भनेभुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो।

हैदरावादका ह्यारी ब्रुकले १०० रनको अविजित शतकीय पारी खेल्दा कप्तान एडेन माक्ररमले ५० रन जोडे। कोलकाताका आन्द्रे रसेलले ३ विकेट तथा वरुण चक्रवर्तीले एक विकेट लिए। यो खेलसँगै कोलकाता ४ खेलमा ४ अंककासाथ तालिकाको चौथो स्थानमा र हैदरावाद ४ खेलमा ४ अंककासाथ सातौँ स्थानमा छ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : ५१ बजे

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने