जापानी प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ आक्रमण « Khabarhub

जापानी प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ आक्रमण


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ।

एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी ‘स्मोक बम’ फालिएको हो।

घटना जापानको पश्चिमी वाकाया शहरमा शनिबार बिहान भएको समाचार संस्था रोयटर्सले जनाएको छ । बम विष्फोटको आवाज सुनेपछि हंगामा मच्चिएको थियो। सुरक्षाकर्मीले तत्कालै प्रधानमन्त्रीलाई सकुशल बाहिर निकालेका थिए ।

जापान टाइम्सको रिपोर्ट अनुसार प्रधानमन्त्री किशिदा र्‍यालीलाई सम्बोधन गर्न वाकायामा शहर पुगेका थिए। उनले यसै महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने भएका थिए।

यसै क्रममा संदिग्ध आक्रमणकारी पक्राउ परेका छन्। ती व्यक्तिले प्रधानमन्त्री सम्मिलित सभातिर धुवाँ निस्कँदै गरेको केही चिज फ्याँकेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

गत वर्ष यस्तै सभामा भाषण गरिरहेका बेला पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानेर मारिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ११ : २९ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष