जापानी प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ आक्रमण « Khabarhub

जापानी प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ आक्रमण


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ।

एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी ‘स्मोक बम’ फालिएको हो।

घटना जापानको पश्चिमी वाकाया शहरमा शनिबार बिहान भएको समाचार संस्था रोयटर्सले जनाएको छ । बम विष्फोटको आवाज सुनेपछि हंगामा मच्चिएको थियो। सुरक्षाकर्मीले तत्कालै प्रधानमन्त्रीलाई सकुशल बाहिर निकालेका थिए ।

जापान टाइम्सको रिपोर्ट अनुसार प्रधानमन्त्री किशिदा र्‍यालीलाई सम्बोधन गर्न वाकायामा शहर पुगेका थिए। उनले यसै महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने भएका थिए।

यसै क्रममा संदिग्ध आक्रमणकारी पक्राउ परेका छन्। ती व्यक्तिले प्रधानमन्त्री सम्मिलित सभातिर धुवाँ निस्कँदै गरेको केही चिज फ्याँकेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

गत वर्ष यस्तै सभामा भाषण गरिरहेका बेला पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानेर मारिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ११ : २९ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा