पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ « Khabarhub

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिएका छन् । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो । यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । विगत तीन वर्षदेखिको अध्ययन अहिले आएर पूरा भएको उनले बताए । प्याराग्लाइडिङमा एक सय २० किलो तौलभन्दा कम तौल भएकालाई मात्र उडान भर्न सकिने उनले जानकारी दिए ।

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । कम्पनीका सञ्चालक शालिक दबाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए । यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जीजम्पजस्ता गतिविधि गर्ने योजना रहेको उनले बताए । उनले भने, “चौकीडाडाँमा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवद्र्धनमा काम गर्ने योजना छ ।” विसं २०८० को सुरुआतीसँगै उडान सुरु गरिएको बताउँदै उहाँले चितवनको पर्यटन विकासमा टेवा पुग्ने बताए । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए । कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ ।

प्याराग्लाडिङ उडानका लागि लाग्ने रु आठ हजार तोकिएकामा अहिले २५ प्रतिशत छुट दिएर रु छ हजार शुल्क लिइएको दबाडीले बताएका छन् । हाल नौवटा प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने गरी तयारी गरिएको दबाडीले जानकारी दिएका छन् ।

नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले विसं २०१५ मा विदेशीले यहाँ उडान भरेको बताए। पोखरा र यहाँमा छुट्टै विशेषता रहेको उनको भनाइ छ । पोखरामा ताल माथि उड्ने, हिमाल देखिनेलगायतका कारण छुट्टै रमाइलो रहेको बताउँदै उनले यहाँको नागबेली परेको सडक र त्रिशूली नदीमाथिको उडानले अझै महत्वपूर्ण रहेको बताए । उनले भने, “वाटर स्पोर्ट र एयर स्पोटलाई जोडिने ठाउँ रहेको छ ।” चितवन हिँड्ने पर्यटकलाई एक दिनको प्याकेज रूपमा दिन सकिने बताउनुभयो । यो प्याराग्लाइडिङका लागि उत्कृष्ठ गन्तव्यका रूपमा रहेको उनले बताए ।

प्याराग्लाइडिङका चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताए । विगत सात वर्षदेखि अनुभव सँगालेका चालकबाट उडान गरिने प्याराग्लाइडिङबाट डाँडाकाँडादेखि खोलानालाको सुन्दर दृश्य हेर्न सकिने भएकाले यहाँ उडानका लागि राम्रो रहेको उनले बताए ।

नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताइन् । नेपाल आउने पर्यटकका लागि सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवद्र्धनको काम भइरहेको उनको भनाइ छ ।

सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको भन्दै उनले साहसी पर्यटनका लागि प्याराग्लाइडिङ उपयुक्त हुने बताइन्। उनले भनिन्, “पर्यटकको बसाइ लम्ब्याउनका लागि यो प्याराग्लाइडिङ उपयोगी हुन्छ ।” पर्यटनका हिसाबले भरतपुर महानगर देशको महत्वपूर्ण पालिकाको रूपमा विकास हुँदै गएको उनले बताइन् । भरतपुर महानगरपालिकामा सफारीका लागि आउने पर्यटकदेखि धार्मिक हुँदै साहसिक पर्यटकका लागि समेत यो नयाँ गन्तव्य बन्ने भएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ११ : ५० बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन