चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित « Khabarhub

चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कुनमिङ– दक्षिणपश्चिम चीनको युनान प्रान्तको जंगलमा डढेलो लागेपछि करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन् । 

शनिबार मध्याह्नसम्म डढेलो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् । घटनामा कुनै हताहती वा मृत्यु भएको खबर प्राप्त भएको छैन ।

युसी शहरमा रहेको अग्नि नियन्त्रक मुख्यालयका अनुसार २८० वटा दमकल र तीनवटा हेलिकप्टरको सहायताले चार हजारभन्दा बढी मानिसले आगो निभाउने काम गरेका थिए । शनिबार मध्याह्नसम्ममा जियाङचुआन जिल्लामा लागेको आगो नियन्त्रणमा आइसकेको र होङटा जिल्लामा पनि आगो नियन्त्रणमा आइसकेको मुख्यालयले जनाएको छ ।

जियाङचुआन जिल्लाको एक बस्ती नजिकै मंगलबार लागेको डढेलो आसपासका क्षेत्रमा फैलिएको थियो । युनान मौसम विज्ञान सेवाले आगामी पाँच दिनमा सात शहर र प्रिफेक्चरमा तातो र सुख्खा मौसमको पूर्वानुमान गरिएकाले जङ्गलमा लागेको डढेलोका लागि यस वर्षको पहिलो खतराको संकेतको सूचना नागरिकलाई गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ६ : ५२ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले