राप्रपा केन्द्रीय समिति बैठक आज सुरु हुने « Khabarhub

राप्रपा केन्द्रीय समिति बैठक आज सुरु हुने


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आज सुरु हुँदैछ । धुम्बाराही, काठमाडौँमा आज सुरु हुने केन्द्रीय समिति बैठक तीन दिनसम्म चल्नेछ  ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिपोर्टिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्य योजना र कार्यदिशाका बारेमा आफ्नो धारणा बनाउने जनाइएको छ ।

गत वैशाख ३०– ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै बैठक सारिएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ६ : ५७ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या