प्रतिनिधिसभामा आज भ्रष्टाचार निवारण विधेयक पेस गरिने « Khabarhub

प्रतिनिधिसभामा आज भ्रष्टाचार निवारण विधेयक पेस गरिने


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची राखिएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यो विधेयक राष्ट्रिय सभाबाट भने पारित भइसकेको छ।

साथै आजको बैठकले संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। नेपाली कांग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको वैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : १८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब