ला लिगाको उपाधि बार्सिलोनालाई | Khabarhub Khabarhub

ला लिगाको उपाधि बार्सिलोनालाई


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगा च्याम्पियन बनेको हो ।

आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलको ११औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए भने २०औं मिनेटमा एलेक्स बाल्डेले गोल गर्दै २–० को अग्रता दिलाउन सफल भए । ४०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा नै ३–० को सानदार अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरुवाती ५३औं मिनेटमा जुल्स कुन्डेले थप गोल गरेपछि बार्सिलोना खेलमा ४–० को थप अग्रता जुटाउन सफल भयो । तर, यो अग्रता लामो समयसम्म स्थिर भने रहन सकेन ।

७३औं मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा फर्काए । त्यसमाथी इन्ज्युरी समयमा जोसेलुले गोल गर्दै खेललाई ४–२ को ल्र्यादिए । त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन नसके पछि खेल ४–२ मा टुंग्याउँदै बार्सिलोनाले जीत हासिल ग¥यो ।

यस जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जुटाएको छ भने पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औं स्थानमा सिमित रहेको छ ।

बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ, अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकाले पनि नतिजा भने बार्सिलोनाको पक्षमा आउनेछ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : ५५ बजे

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको