नेपालमा साइकल कानुन बनाउनुपर्नेमा जोड « Khabarhub

नेपालमा साइकल कानुन बनाउनुपर्नेमा जोड


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभरका साइकल संस्थाका समूह तथा साइकलप्रेमीले नेपालमा साइकल कानुन बनाउनुपर्नेमा जोड दिएका छन्।

धुलिखेलमा आइतबार सम्पन्न दुई दिने कार्यशालामा देशभरका साइकल संस्थाहरू, साइकल अभियानका अगुवा तथा नियमित साइकल प्रयोगकर्ता चार दर्जन बढी प्रतिनिधि तथा साइकल प्रेमीको सहभागिता रहेको थियो ।

सहभागीहरूले साइकल समुदाय र साइकल अभियानका सबल, दुर्बल, अवसर, जोखिम आदि विविध समस्याहरूमाथि छलफल गरेका थिए । समस्याहरूमाथि गहन छलफलपश्चात् समस्याको रणनीतिक समाधानार्थ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा अघि बढाउने प्रस्ताव सर्वसम्मत पारित गरिएको छ ।

साइकल संस्कृति अभियानको संयोजकत्वमा नेपाल साइकल सोसाइटी, साइकल सिटी नेटवर्क नेपाल, हिमालय राइडर्स सोसाइटी, बारा राइडर्स क्लब, साइकल साथी सैनामैना, फारवेस्टर्न राइडर्स, नेपालगन्ज साइक्लिङ क्लब, साइकल सिटी पोखरा, साइकल सिटी भैरहवा, चितवन साइक्लिङ राइडर्स क्लब, वीरगन्ज साइक्लिङ राइडर्स क्लबको आयोजना तथा ललितपुर महानगरपालिकाको प्रायोजनमा कार्यशाला आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १० : ०५ बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा