सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह « Khabarhub

सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भजनी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।

कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने , ‘सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं । त्यो महसुस हामीले पनि पुगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो ।’

उनले सरकारले पूर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यले गति लिने बताएका छन् । अहिले चार मन्त्रालय मुख्यमन्त्री शाहले सम्हाल्नु भएको छ । सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबीच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

सो अवसरमा उहाँले जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताए । मुख्यमन्त्री शाहले सेवा प्रवाहमा नागरिकसँग जनप्रतिनिधि र कर्मचारी जोडिने गरेको भन्दै नागरिकले गरेको अपेक्षा अनुसार काम गर्ने गरी जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

‘नागरिकले विश्वास गरेर नेतृत्व गर्न पठाएका हुन्छन् । हामीले नागरिकको विश्वास डगमगाउने गरी काम गर्नुहुँदैन’, मुख्यमन्त्री शाहले भने , ‘त्यसका लागि सेवा प्रवाह गर्ने कर्मचारी र नीति नियम बनाउने जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ ।’  उनले प्रदेश सरकारले यसअघिको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने  बताए । 

‘नराम्रा काम निरुत्साहित गर्दै राम्रा कामलाई निरन्तरता दिन्छौ’, मुख्यमन्त्री शाहले भने, ‘स्थानीय सरकारले धेरै नागरिकले सुविधा पाउने खालका योजना माग गर्न म सुझाव दिन्छु ।’ 

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ३ : ३३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै