सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह « Khabarhub

सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भजनी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।

कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने , ‘सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं । त्यो महसुस हामीले पनि पुगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो ।’

उनले सरकारले पूर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यले गति लिने बताएका छन् । अहिले चार मन्त्रालय मुख्यमन्त्री शाहले सम्हाल्नु भएको छ । सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबीच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

सो अवसरमा उहाँले जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताए । मुख्यमन्त्री शाहले सेवा प्रवाहमा नागरिकसँग जनप्रतिनिधि र कर्मचारी जोडिने गरेको भन्दै नागरिकले गरेको अपेक्षा अनुसार काम गर्ने गरी जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

‘नागरिकले विश्वास गरेर नेतृत्व गर्न पठाएका हुन्छन् । हामीले नागरिकको विश्वास डगमगाउने गरी काम गर्नुहुँदैन’, मुख्यमन्त्री शाहले भने , ‘त्यसका लागि सेवा प्रवाह गर्ने कर्मचारी र नीति नियम बनाउने जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ ।’  उनले प्रदेश सरकारले यसअघिको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने  बताए । 

‘नराम्रा काम निरुत्साहित गर्दै राम्रा कामलाई निरन्तरता दिन्छौ’, मुख्यमन्त्री शाहले भने, ‘स्थानीय सरकारले धेरै नागरिकले सुविधा पाउने खालका योजना माग गर्न म सुझाव दिन्छु ।’ 

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ३ : ३३ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा