भारतले नेपालमा आफ्नो एजेण्डा पुरा गर्न दबाबको कूटनीति बनायो : सांसद पन्त « Khabarhub

भारतले नेपालमा आफ्नो एजेण्डा पुरा गर्न दबाबको कूटनीति बनायो : सांसद पन्त


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले भारतले नेपालमा आफ्नो एजेण्डामा सहमति गर्न दबाबको कूटनीति बनाएको तर्क गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा एमाले सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्रीलाई भारत भ्रमणबाट रोकेर जनताले हटाएको पूर्वराजालाई स्वागत गरेर भारतले दबाबको कूटनीति बनाएको तर्क गरेका हुन् ।

भारतले आफ्नो एजेन्डा पुरा गर्नका लागि नेपाललाई दबाब दिएको उनले बताए । उनले दबाबको कूटनीतिमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

पन्तले स्वतन्त्र देशको प्रधानमन्त्रीले राष्ट्रको स्वार्थलाई हेरेर एजेन्डा तय गर्नुपर्नेमा जोड दिए । उनले नेपालले असंलग्न परराष्ट्र नीतिबाट सन्तुलन गुमाउँदै जानु दुखद कुरा भएको जिकिर गरे ।

उनले नेपालको वित्तीय गोपनीयता विदेशको हातमा जाने खतरा देखिएको भन्दै यसप्रति सजक हुन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ४ : ०४ बजे

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ