सभामुखद्वारा संसद्लाई रायमाझी पक्राउ परेको जानकारी  « Khabarhub

सभामुखद्वारा संसद्लाई रायमाझी पक्राउ परेको जानकारी 


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी प्रतिनिधिसभालाई गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख घिमिरेले एमालेका सांसद रायमाझी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा पक्राउ परेको जानकारी गराएका हुन् । 

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीले गरेको व्यवस्थाअनुसार सांसद रायमाझी पक्राउ परेको जानकारी गराएका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ४ : २४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका