न्याय सेवा आयोगले गरेको सरुवाप्रति चार कर्मचारी संगठनको असन्तुष्टि « Khabarhub

न्याय सेवा आयोगले गरेको सरुवाप्रति चार कर्मचारी संगठनको असन्तुष्टि


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्याय सेवा आयोगले गरेको सरुवाप्रति कर्मचारी संगठनले असन्तुष्टि जनाएका छन् ।

वर्षौँदेखि प्रशासन महाशाखा र शाखा प्रमुखलाई एउटै शाखा–महाशाखामा राखेर स्वेच्छाचारिता, पक्षधरतालाई निरन्तरता दिइएको ती संगठनले आरोप लगाएका छन् ।

२९ वैशाखमा भएको सरुवा मनपरी, विभेदकारी र नाजायज भएको कर्मचारी संगठनको भनाइ छ । संगठनले निर्णयबारे पुनर्विचार गर्न तीन दिनको समय पनि दिएका छन् ।

अवसर नपाएका ज्येष्ठ कर्मचारीले उपत्यका तथा अन्य अदालतहरूको तहसिलदारमा माग गरिरहँदा त्यसको अवज्ञा गरी आफू नजिकका र कनिष्ठ कर्मचारीलाई सरुवा गरिएको पनि कर्मचारी संगठनको जिकिर छ ।

न्यायालयभित्रका चार संगठनका पदाधिकारी रेवतीप्रसाद पराजुली, नरेश कार्की, हरि भट्टराई र दुर्गादत्त लम्सालले जारी गरेको संयुक्त विज्ञप्तिमा न्यायपालिकामा कार्यरत कर्मचारीको पदस्थापना, सरुवा एवं काजसम्बन्धी मापदण्ड, २०७९ को पालना नभएको दाबी गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ६ : ०७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका