सशस्त्र प्रहरीद्वारा अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद  « Khabarhub

सशस्त्र प्रहरीद्वारा अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद 


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु–  सशस्त्र प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ ।

कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका ७ स्थित कोटियाबाट जेठ १ गते सशस्त्र प्रहरीले करिब १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको हो ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो ।

यसैगरी सोही जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट जेठ १ गते सशस्त्र प्रहरीले करिब ४४ हजार रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोटरपार्टस सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो ।

बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ६ : ४९ बजे

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय