फ्रान्सको राष्ट्रिय दिवसमा भारतीय प्रधानमन्त्री मोदी विशेष अतिथीका रुपमा सहभागी हुने « Khabarhub

फ्रान्सको राष्ट्रिय दिवसमा भारतीय प्रधानमन्त्री मोदी विशेष अतिथीका रुपमा सहभागी हुने


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सले आफ्नो राष्ट्रिय दिवसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष अतिथीका रुपमा निम्तो दिएको छ । यसअनुसार आगामी जुलाई १४ मा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने बस्टाइल डे परेडमा प्रधानमन्त्री मोदी विशेष अतिथीका रुपमा सहभागी हुनेछन् ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले मोदीलाई विशेष अतिथीका रुपमा निम्ता दिएको र यसलाई मोदीले स्वीकार गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यस अवसरबाट दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ । सन् १७८९ मा फ्रान्सेली क्रान्तिका बेला त्यहाँका जनताले पेरिसमा रहेको बस्टाइल दरबारमा आक्रमण गरेको सम्झनास्वरुप फ्रान्समा हरेक वर्ष जुलाई १४ मा बस्टाइल डे मनाइने गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : ४६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार