फ्रान्सको राष्ट्रिय दिवसमा भारतीय प्रधानमन्त्री मोदी विशेष अतिथीका रुपमा सहभागी हुने | Khabarhub Khabarhub

फ्रान्सको राष्ट्रिय दिवसमा भारतीय प्रधानमन्त्री मोदी विशेष अतिथीका रुपमा सहभागी हुने


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सले आफ्नो राष्ट्रिय दिवसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष अतिथीका रुपमा निम्तो दिएको छ । यसअनुसार आगामी जुलाई १४ मा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने बस्टाइल डे परेडमा प्रधानमन्त्री मोदी विशेष अतिथीका रुपमा सहभागी हुनेछन् ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले मोदीलाई विशेष अतिथीका रुपमा निम्ता दिएको र यसलाई मोदीले स्वीकार गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यस अवसरबाट दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ । सन् १७८९ मा फ्रान्सेली क्रान्तिका बेला त्यहाँका जनताले पेरिसमा रहेको बस्टाइल दरबारमा आक्रमण गरेको सम्झनास्वरुप फ्रान्समा हरेक वर्ष जुलाई १४ मा बस्टाइल डे मनाइने गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : ४६ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये