अमेरिकी संसद् भवनमा पहिलो पटक हिन्दु वैदिक मन्त्र बाचन « Khabarhub

अमेरिकी संसद् भवनमा पहिलो पटक हिन्दु वैदिक मन्त्र बाचन


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वासिंगट डिसी–  अमेरिकाको पहिलो हिन्दू-अमेरिकी सम्मेलन अमेरिकाको शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको थियो। 

सम्मेलन जुन १४ मा भएको थियो, जसको उद्देश्य अमेरिकामा बसोबास गर्ने हिन्दु समुदायका समस्याप्रति अमेरिकी कानून निर्माताहरूको ध्यानाकर्षण गराउने थियो। यो सम्मेलनलाई हिन्दुहरूको लागि अमेरिकी नाम दिइएको थियो।

प्राप्त जानकारी अनुसार वैदिक जप र प्रार्थनाको साथ अधिवेशन सुरु भएको थियो । यस क्रममा रोमेश जापराले भने, ‘हिन्दू मूल्य मान्यता हाम्रो अमेरिकी संविधानसँग पूर्णरुपमा जोडिएको छ भगवत् गीतासँग प्रतिध्वनित भएको छ, त्यसैले हामी हिन्दु अमेरिकीहरूलाई आवाज दिन समर्पित छौं।’

यस हिन्दु सम्मेलनका संस्थापक तथा अध्यक्ष रोमेश जापराले यो सम्मेलन पहिलो पटक भएको बताए । राजनीतिक सहभागिताका लागि हिन्दू अमेरिकी सम्मेलन आयोजना भएको उनको भनाई छ । ‘हाम्रो समुदाय सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक र अन्य सबै क्षेत्रमा सक्रिय छ तर राजनीतिमा हामी धेरै पछाडि छौं,’ उनले भने । 

हिन्दुहरूको लागि अमेरिकन सम्मेलन २० अन्य डायस्पोराहरूसँगै अमेरिकन फर हिन्दु राजनीतिक कार्य समितिले आयोजना गरेको हो। यस सम्मेलनमा फ्लोरिडा, न्यूयोर्क, बोस्टन, टेक्सास, शिकागो, क्यालिफोर्निया आदि शहरहरूका लगभग १३० भारतीय अमेरिकी नेताहरू सहभागी हुनेछन्।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ११ : ११ बजे

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक

अर्थसंक्षेप : गाडी भाडा घट्यो, नेप्से बढ्यो र भारतसँग आर्थिक सहकार्य विस्तारमा जापानको जोड

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित ‘सम्पत्ति शुद्धीकरण

सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

स्वास्थ्य क्षेत्रमा बालेन सरकारका सय दिन : खोस्रियो पहाड, भेटियो मुसा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा वर्तमान सरकार गठन

‘जिम्मेवारी पाउँदा युवाले राम्रो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण हामी हौँ’

काठमाडौं- २०७९ को निर्वाचनमा निशा डाँगी कान्छी माननीयका रुपमा राष्ट्रिय