जलजलाको फोहर व्यवस्थापन « Khabarhub

जलजलाको फोहर व्यवस्थापन


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रोल्पा– पर्यटन विकासमा योगदान गर्ने भन्दै यहाँका युवाले पर्यटकीय क्षेत्र जलजलाको सरसफाइ गरेका छन् । रोल्पा नगरपालिका-८, ९ र १० तथा सुनछहरी गाउँपालिका–७थवाङ गाउँपालिकाका स्थानीयवासी एवं युवाको सहभागितामा जलजला क्षेत्र सरसफाइ गरिएको हो । 

सरसफाइबाट करिब आठ ट्रक फोहर संकलन गरी व्यवस्थापन गरिएको थियो । ‘जल्ने र नजल्ने फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्‍यौँ’, पर्यटन अभियानकर्मी बालकुराम पुनले भने, ‘पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल र अन्य प्लाष्टिकजन्य फोहरका साथै पेयपदार्थका बोतल, सिसा, जस्तापाताका टुक्रा जम्मा भएका रहेछन् ती फोहर सबै व्यवस्थापन गरेका छौँ ।’ 

सरकारले जलजलालाई नेपालका एक सय पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेको थियो । जलजला धार्मिक, युद्ध र पर्या–पर्यटनको सङ्गम मानिन्छ । बर्सेनि  वैशाख, जेठ र श्रावण पूर्णिमामा तीन पटक मेला लाग्ने सो ठाउँमा टाढाटाढाबाट हजारौँ भक्तजन र तीर्थालु आउने गर्दछन् । यहाँ ठूलो सङ्ख्यामा बलि दिने गरिन्छ । 

आन्तरिक तीर्थालुका साथै जलजलामा दाङ, सल्यान, रुकुम, प्यूठान, बागलुङ, बाँकेलगायतका जिल्लाबाट तीर्थालु आउने गरेको बताइन्छ । रोल्पा, सुनछहरी र थवाङ गाउँपालिकाको सिमानामा पर्ने सो क्षेत्र यहाँको सुन्दर पहाड हो । यसको उचाइ तीन हजार आठ सय मिटर रहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गबाट जलजला जाने पर्यटकको सहजताका लागि विभिन्न ठाउँमा संकेत चिन्हसमेत राखेको छ ।

दलदले जमिन भएको जलजलामा करिब एक दर्जन प्रजातिका गुराँसका साथै अन्य बहुमूल्य जडीबुटीसमेत रहेको बताइन्छ । घोरल, थार, मृग, बँदेल, बाघ, भालुलगायतका जंगली जन्तुका साथै धुपी, वाँच, रयँच, भोजपत्र, लेक सल्लालगायतका वनस्पति पाइन्छन् ।

यहाँ डाँफे, मुनाल, कालिजलगायतका पक्षीसमेत रहेको स्थानीयको भनाइ छ । यो क्षेत्रलाई १० वर्ष लामो सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीले पूर्णरुपमा बन्देज गरी संरक्षण गरेको थियो । 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  १ : ५३ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट