रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत « Khabarhub

रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारत र फ्रान्स रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन सहमत भएका छन् । दुवै देशले अन्तरिक्ष र विज्ञानका क्षेत्रमा पनि संस्थागत स्तरमा सहयोग बढाउन सहमति जनाएका छन् । 

फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार सम्पन्न प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने पेरिस भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता भएका छन् । रणनीतिक सहयोगको क्षेत्रमा इन्डियन आयल कर्पोरेशन लिमिटेड र टोटल इनर्जी ग्यास एण्ड पावर लिमिटेड (टोटल एनर्जी) बीच दीर्घकालीन तरल प्राकृतिक ग्यास (एलएनजी) बिक्री र खरिद सम्झौता (एसपीए) स्थापनाको सम्झौता भएको छ । 

वैज्ञानिक सहयोगको क्षेत्रमा नेशनल इन्स्टिच्युट अफ ओशन टेक्नोलोजी, पृथ्वी विज्ञान मन्त्रालय चेन्नइ र इन्स्टिच्युट फ्रान्सिस डे रिसर्च पोर ले एक्सप्लोरेसन डे ला मेरबीच वैज्ञानिक एवम् प्राविधिक विशेषज्ञताको आदानप्रदानसहितका सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

त्यसैगरी स्वास्थ्य र औषधिको क्षेत्रमा सहयोगको लागि आशय पत्र जारी गरिएको छ भने सहयोगका क्षेत्रहरूमा डिजिटल स्वास्थ्य, स्वास्थ्य सेवाका लागि ‘एआई,’ चिकित्सा फोहोर प्रशोधन प्रविधि, बायोटेक्नोलोजी, एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध लड्न चिकित्सकहरूको आदानप्रदान र प्रशिक्षणललायत विषय त्यसमा समावेश गरिएको छ । 

अन्तरिक्ष विज्ञानमा सहयोग अभिवृद्धि, डिजिटल प्रविधिको क्षेत्रमा संस्थागत सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमाका साथै नागरिक उड्डयनको क्षेत्रमा प्राविधिक सहयोग गर्नेसम्बन्धी एमओयुमा पनि हस्ताक्षर भएको छ । 

यसैबीच, प्रधानमन्त्री मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँबीच शुक्रबार भएको भेटवार्तामा भारत र फ्रान्सबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने सहमति भएको छ । साझा मूल्य, सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततामा विश्वासमा आधारित दुई देशबीचको सम्बन्ध अन्तराष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति अटल प्रतिबद्धता, बहुपक्षवादमा अटल विश्वास र स्थिर बहुध्रुवीय विश्वको साझा खोजलाई दुवै नेताले जोड दिएका थिए। 

दुवै नेताले रणनीतिक साझेदारीका विगत २५ वर्षमा भएका द्विपक्षीय सहयोगका हरेक क्षेत्रमा भएको रूपान्तरण र विस्तारको समीक्षा गरेका थिए । 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ६ : ४९ बजे

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका